मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’



काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ ।

बैंकले आज चैत ६ देखि चैत १३ गतेभित्र बैंकको सामान्य बचत खाता खोलेमा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने गरी यस्तो योजना ल्याएको जनाएको छ ।

यस अफरमा ग्राहकहरुले निःशूल्क डिम्याट खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकका ग्राहकले डेबिट कार्डको लागि आवेदन अफर अवधिभित्रै दिनुपर्नेछ । ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशूल्क हुने समेत बैंकले जनाएको छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार १७:०१