काठमाडौं । कुमारी क्यापिटलले बिक्रिमा ल्याएको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ ।
फागुन १४ गतेदेखि निष्काशन तथा बिक्रि खुला गरेको कुमारी इक्वीटी फण्डको इकाई चैत्र ५ गते बाँडफाँड भएको हो ।
कुमारी इक्वीटी फण्डमा आवेदन दिने ९४ हजार ७९४ जनामध्ये रितपुर्वक आवेदन परेका ९४ हजार ७३३ जनालाई बाँडफाँड गरिएको हो ।
सर्बसाधारणबाट ९४ हजार ६६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार ०१० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५ करोड ३९ लाख २२ हजार ३०० इकाई आवेदकहरुलाई सो इकाईहरु बाँडफाँड गरियो क्यापिटलले जानकारी दिएको छ । दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गरेको छ।
१०० देखि २० लाखसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको छ । २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात इकाई २५ लाखदेखि ५० लाखसम्म माग गरि दरखास्त दिने जम्मा ७ जना आवेदकलाई २४ लाख ६ हजार ६७० इकाईका दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
Comment