एक करोड १४ लाख कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक करोड १४ लाख कित्ता सेयर सूचिकृत



काठमाडाै । बिहिबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ३ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । ३ वटा कम्पनीको एक करोड १४ लाख २ हजार ९९०.२६ कित्ता सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत हुँने स‌स्थाहरु निम्न छन्

महिला सहयात्रा लघुवित्त


बिहिबार नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।


नेपाल बंगलादेश बैंक


नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोअनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।


सेन्चुरी​ कमर्शियल बैंक


नेप्सेमा कमर्शियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रकाशित : ५ चैत्र २०७७, बिहीबार १५:४९