इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्यो आफ्नै वालेट ‘थैली’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्यो आफ्नै वालेट ‘थैली’



काठमाडौं। इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै वालेट ‘थैली’ सार्वजनिक गरेको छ। बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गरेर बैंकले वालेट ल्याएको जनाएको छ।

राष्ट्र बैंकले गत साता विद्युतीय कारोबारको सीमासँगै सहजीकरण गरेपछि थैली सार्वजनिक गरिएको बैंकले जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको मोबाइल मनि वालेट एप थैलीबाट ग्राहकहरुले पैसा पाउन, पठाउन, ब्यालेन्स इन्क्वायरीलगायतका सेवा रहेको जनाएको छ।

थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप भएको बैंकले जनाएको छ। थैलीले मोबाइल एपसँगै वेब पोर्टलसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

इन्भेष्टमेन्ट बैंकका ग्राहकहरुले थैली वालेटमा सोझै आफ्नो खाता लिंक गरी शुन्य शुल्कमा सेवा लिन सक्ने जनाएको छ। थैलीबाट विभिन्न प्रकारका मान्छेबाट मान्छे (पीटूपी) फन्ड ट्रान्फर, एजेन्ट नेटवर्कबाट क्यास इन वा आउट गर्न सक्ने सुविधा रहेको बताइएको छ।

थैली एपसँगै इन्भेष्टमेन्ट बैंकले नयाँ ऋण प्रडक्ट ‘थैली ओभरड्राफ्ट’ सेवा पनि सार्वजनिक गरेको जनाएको छ।

थैली ओभरड्राफ्टको प्रयोग गरी किराना पसल, मर्चेन्ट र साना तथा मझौला कम्पनीहरुलाई ऋण तथा ओभरड्राफ्ट सुविधा दिइने बैंकले जनाएको छ।

प्रकाशित : ५ चैत्र २०७७, बिहीबार १४:१०