नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई नेप्सेसोधेको छ । बैंकले लाभांश र  बोन्ड जारी गर्ने विषयमा नेप्सेलाई जानकारी नै नदिई मिडिया मार्फत प्रचार प्रसार गरेको भन्दै नेप्सेले ३ दिने स्पष्टिकरण सोधेको हो ।

नेप्सेले बैंकलाई विभिन्न प्रश्न सहित स्पष्टिकरण सोधेको हो । नेप्सेले ३० मिलियन डलरको बन्ड जारि गर्ने र लण्डन स्टक एक्सचेन्जमा सुचिकृत गराउने विषय के हो , यसमा सत्य तथ्य के भएको हो , रणनीतिक साझेदार भित्र्याउन को सँग के कस्तो छलफल गरेको हो , बैंक तथा वित्तीय संस्थाका लागि बन्ड जारी गर्ने विषय के कति सत्य हो , इन्स्योरेन्स कम्पनीले खरिद गर्ने बन्ड जारि गर्ने विषय के कस्तो सत्य हो , १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो , नेप्सेलाई जानकारी नगरी किन मिडियामा प्रचार गरेको लगायतका विषयमा  नेप्सेले जवाफ माग गरेको छ । 

बैंकका सीइओ रामकृष्ण खतिवडाले केहि दिन अगाडी संचारकर्मीसँगको अन्तरक्रियामा यी विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

प्रकाशित : ४ चैत्र २०७७, बुधबार १२:३५