बीओकेमा नयाँ सञ्चालक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बीओकेमा नयाँ सञ्चालक



काठमाडौँ । बैंक अफ काठमाण्डू(बीओके) को सर्वसाधारण शेयरधनीहरुको समूहबाट ३ जना सञ्चालक निर्वाचित भएका छन् ।

आज सम्पन्न विशेष साधारण सभाबाट ३ जना सञ्चालक निर्वाचित भएको कम्पनी सचिव दीपक गौतमले जनाएका छन् ।

उक्त साधारण सभाबाट गोविन्द्रप्रसाद शर्मा, मदललाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको कम्पनी सचिव गौतले बताए ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलवार १४:१९