सुनको मूल्य फेरि बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुनको मूल्य फेरि बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ८५ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८६ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८५ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १२५५ मा कारोबार भएकोमा आज बढेर १२७० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार १२:४८