कुमारी इक्विटी फन्डमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी इक्विटी फन्डमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, शुक्रबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको कुमारी इक्विटी फन्ड सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २८ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा माग भन्दा धेरै आवेदन परेको हुनाले आज बन्द गर्न लागिएको जनाइएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार ११:२३