सुनको भाउ ४०० रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुनको भाउ ४०० रुपैयाँले बढ्यो



काठमाडाै । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउमा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ४०० रुपैयाँले बढेर छापवाला सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ।

आइतबार ५०० रुपैयाँले घटेर छापवाला सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँ र तेजाबी सुन ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कारोबार भएको छ। हिजो चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३२५ रुपैयाँ कारोबार भएको थियो।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ११:२८