प्रभु क्यापिटलले ल्यायो नयाँ डिम्याट योजना, यस्ता छन सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

प्रभु क्यापिटलले ल्यायो नयाँ डिम्याट योजना, यस्ता छन सुविधा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले नयाँ डिम्याट योजना सार्वजनिक गरेको छ । क्यापिटलले ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ नामक योजना संचालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत डिम्याट लिने ग्राहकले मेरोशेयर निशुल्क रुपमा पाउने, डिम्याटको ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने अर्थात ८ वर्षको आफै नवीकरण हुने र पीएमएस सेवामा ५० प्रतिशत छुट प्रदान हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस सेवाको लागि ग्राहकले एकमुष्ट ९ सय ९९ रुपैयाँ तिर्नु पर्ने छ ।

नयाँ डिम्याट खाता खोने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरुले पनि यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न हुन् सक्ने भएका छन् । क्यापिटलले अनलाइन मार्फत पनि डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार १५:०७ 28 February, 2021 3:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।