पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका



बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको छ।


उक्त डिजिटल दानपेटिकाको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बिहान पौने ९ बजे एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। गर्भनर अधिकारीले उद्घाटन गरेसँगै अब पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले मोबाइलबाटै क्यूआर कोडका माध्यमबाट दानदक्षिणा भेटी चढाउन सक्ने भएका छन्।

पछिल्लो समय राष्ट्र बैंकको डिजिटल भुक्तानी प्रणाली विस्तार नीतिलाई बैंकहरुले निकै आक्रामक ढंगले अगाडि बढाइरहेका छन्। तरकारी तथा फलफूल बजार, अन्य व्यापारस्थल तथा पसलहरुसँगै अब यो डिजिटल भुक्तानी प्रणाली पशुपतिनाथ मन्दिरसम्म पुगेको छ।


पशुपतिनाथ क्षेत्रमा राखिएको डिजिटल दानपेटिकामा भक्तजनहरुले सजिलै मोबाइलबाटै आफूले चाहेको दक्षिणा क्यूआर कोड प्रयोग गरी चढाउन सक्ने बैंकले विश्वास लिएको छ। डिजिटल भुक्तानी प्रणाली अझै सशक्त ढंगले अगाडि बढाउने बैंकले प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार १३:४४