आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हट्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । प्राथमिक शेयर (आइपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको रेटिङ भएको छ ।


बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हटेको छ । रेटिङ ऐजेन्सी इक्रा नेपालले सर्वोत्तम नेगेटिभ लिष्टबाट हटाएको हो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रणालीबाट ६० लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ ।


सर्वोत्तम सिमेन्टले नेगेटिभ लिष्टमा पर्दा आठ अर्ब ५० करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको थियो । अहिले ६ अर्ब ३५ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । इक्राले नेगेटिभ लिष्टबाट हटाउदै बीबीबी प्लस रेटिङ दिएको हो ।


क्लिङकर सहितको सर्वोत्तम सिमेन्ट नेपालको ठूलो सिमेन्ट उद्योगमा पर्छ । जसमा व्यवसायिक घराना सौरभ समूहको ६२ प्रतिशत लगानी छ ।

सौरभ ग्रुपको सिमेन्ट उद्योगमा २० वर्षको अनुभव छ । जगदम्बा ब्राण्डको सिमेन्टमा पनि सौरभ ग्रुपको मुख्य लगानी रहेको छ । सर्वोत्तम सिमेन्टले गतवर्ष ७ अर्ब ३७ करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार १४:५८ 25 February, 2021 2:58 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।