महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।

१५ लाख भन्दा धेरै आइपीओ पाउनबाट बञ्चित हुने भएका छन् । गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ३६ हजार ६८२ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख १८२ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा खुला गरेको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने, ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार १४:०९