कुमारी बैंकको २ लाख २८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको २ लाख २८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडाै । कुमारी बैंक लिमिटेडले २ लाख २८ हजार ४ सय कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ ।


१२ जना संस्थापकहरूले शेयर बिक्री गर्न निवेदन पेश गरेका हुनाले उक्त शेयरहरू बिक्री गर्न लागिएकाे बैंकले जनाएकाे छ ।


त्यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रकाशित : 24 February, 2021 12:29 pm