अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने



काठमाडाै । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले हकप्रद जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

अपिले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न फागुन ९ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशनको अनुमति मागेको छ । बिक्रि प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकिएको छ ।

यसअघि पनि अपी पावरले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म १ः०.४७ अनुपातमा हकप्रद निष्काशन गरेको थियो। कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको थियो।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १४:४७