सिद्धार्थ बैंकको क्यूआर कोड गोंगबु क्षेत्रमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको क्यूआर कोड गोंगबु क्षेत्रमा



काठमाडौं । सिद्धार्थ बैंकले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोडको हस्तान्त्रण गरेको छ । बैंकले होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले होटेल व्यवसायीलाई क्यूआर कोडमार्फत भुक्तानी गरेर क्युआर कोडको सुरुवात गरेका थिए ।

क्यूआर कोडसेवा शुरु भएसँगै ग्राहकले संघ अन्तर्गत रहेका होटेल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १२:०४