प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने



काठमाडौं । प्रभु क्यापिटलले शनिबार (८ गते) राष्ट्रिय बहिरा महासंघका सदस्यलाई सेयर बजार सम्बन्धी आधारभूत तालिम दिएको छ । क्यापिटलले करिब २५० जनालाई यस्तो तालिम दिएको हो ।

कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।

कार्यक्रममा राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले सेयर बजार सम्बन्धी तालिम एकदमै फलदायी भएको तथा सेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्न बहिरा साथीहरुलाई प्रभावकारी हुने बताए । उनले बहिराहरुलाई आर्थिक रुपमा सबल बन्न आगामी दिनमा अझै एडभान्स लेबलको तालिम आवश्यक रहेको बताए । यस्ता तालिमले बहिराहरुलाई सेयर बजारमा लाग्न प्रेरित गर्ने बताए ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १५:०५