काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) विभिन्न ३ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडकाे ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।
यसैगरी, रिडी हाइड्राेपावर कम्पनी लिमिटेडकाे २ लाख ७८ हजार ८ सय ३७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
त्यसैगरी, सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेडकाे २५ लाख ५३ हजार एक सय कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
Comment