सिभिल बैंकको साधारणसभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको साधारणसभा आज



काठमाडौं । सिभिल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज आइतबार हुने भएको छ ।

बैंकको माघ १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको

दशौँ वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको हो ।

उक्त साधारणसभा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि ०.४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुकक्लोज गरेको थियो ।

प्रकाशित : 21 February, 2021 10:38 am