ह्वातै घट्यो सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ह्वातै घट्यो सुनको भाउ



काठमाडाै । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउमा १००० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १००० रुपैयाँले घटेर छापवाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ।

बिहिबार पनि ६०० रुपैयाँले घटेर छापवाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ ३० रुपौयाँ घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ। बिहिबार चाँदीको भाउ ५ रुपौयाँ घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार १२:३०