ग्रीनलाइफको आइपिओ बाँडफाड शुक्रबार , तपाईलाई कति पर्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रीनलाइफको आइपिओ बाँडफाड शुक्रबार , तपाईलाई कति पर्ला ?



ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान ९ बजे कम्पनीको कार्यलयमा बाँडफाँड गरिने भएको हो।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो यो ७.३७ गुणा धेरै हो।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार १९:५१