शेयर बजारमा नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा नयाँ रेकर्ड



काठमाडाै । शेयर बजारले नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार शेयर बजार दाेहाेराे अंकले बढ्दा नेप्से २६०१.५१ विन्दुमा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ मा पुगेकाे छ । नेप्से ०.६० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.०९ अंकले बढेर ४७३.५३ मा पुगेको छ ।

कूल २०८ वटा कम्पनीकाे एक कराेड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, मंगलबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड, मिर्मिरे लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचुअल फण्ड र हिमालयन उर्जाकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५२ करोड ९९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलवार १५:४३