नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ ।

बैंकको माघ ८ गते, बिहीबार सम्पन्न भएको ३४औं वार्षिक साधारण सभाले पारित गरेको ५ दशमलव ५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ ।

पुस २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

5 page.indd

बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

आफ्नो शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलवार १५:४७