गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधाको उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधाको उद्घाटन



काठमाडाै । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई दिईरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं १ वगर स्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधाको मिति २०७७÷१०÷२५ आईतबारको दिनबाट सञ्चालन गरेको छ ।

बैंकद्घारा आयोजित उक्त कार्यक्रमको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले गर्नुभएको छ ।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गरिमा विकास बैंकले नेपाल राष्ट्र बैंकको निति तथा परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्व मेची देखी पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरि हाल नेपाल अधिराज्यभर बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा बैंक रहेको अवगत गराउनु भएको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलवार १५:३१