प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडाै । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ।


कम्पनी हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको गरेको छ । प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको कम्पनीले जनाएको छ ।


प्रस्तावित लाभांश नियामक निकायबाट स्वीकृति प्राप्त भएपछी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित : 8 February, 2021 12:41 pm