एनआईसी एशिया बैंकलाई शेयर बिक्री गर्न हम्मेहम्मे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकलाई शेयर बिक्री गर्न हम्मेहम्मे



काठमाडाै । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे शेयर बारम्बार लिलामी मार्फत् बिक्री खुल्ला गर्दा पनि बिक्री हुन हम्मेहम्मे परेकाे छ । यसअघि पनि पटक पटक बिक्री खुल्ला गर्दा बिक्री नभएपछि बैंकले (माघ २० गते, मंगलबार) बाट फेरि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको एक लाख ८२ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ७३ हजार ८ सय ४४ कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ९२ हजार २ सय ६६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

प्रकाशित : २० माघ २०७७, मंगलवार १५:०४