नेशनल लाइफ इन्स्योरेन्सकाे लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल लाइफ इन्स्योरेन्सकाे लाभांश पारित



काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ३२औं वार्षिक साधारण सभा(माघ १५ गते, बिहीबार) कम्पनीकाे रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएकाे छ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरू पारित गरिएकाे छ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार १०:१८