माछापुच्छ्रे बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षकमे दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैैकको खुद नाफा २.३२ प्रतिशतले घटेको छ ।

चालु आ.व.को पुस मसान्तसम्म बैंकले ८० करोड २७ लाख ७४ हजार रुपैंया बराबरको खुद नाफा कमाएको । गत आ.व.को सोही अवधीसम्म बैंकले ८२ करोड १८ लाख ५० हजार रुपैंया बराबरको नाफा कमाएको थियो । गत आ.व.को तुलनामा बैंकको खुद नाफा १ करोड ९० लाख रुपैंया बराबरले कम हो ।

बैंकको खुद ब्याज आम्दानी गत आ.व.को तुलना १५ लाख ५५ हजार रुपैंया बराबरले बढेको छ । गत आ.व.को पुस मसान्तसम्म १ अर्ब ९८ करोड ६८ लाख खुद आम्दानी गरेको बैंकले चालु आ.व.को पुस मसान्तसम्म आउँदा १ अर्ब ९८ करोड ८४ लाख बराबरको खुद ब्याज आम्दानी गरेको छ ।

पुस मसान्तसम्ममा ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ रुपैयाँ १६ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १७ रुपैयाँ ७३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.०१ गुणा रहेको छ।

छिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर ०.७६ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर १०.२६ प्रतिशतबाट ७.५६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.२४ प्रतिशतबाट ४.१९ प्रतिशतमा झरेको छ।

प्रकाशित : १५ माघ २०७७, बिहीबार १०:३०