सामुदायिक लघुवित्तले बनायो लगानीकर्तालाई हिस्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सामुदायिक लघुवित्तले बनायो लगानीकर्तालाई हिस्स



काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा फागुन ५ गते बुधबार, लहरीखर्क रिसाेर्ट, साँगा, काभ्रेपलाञ्चाेकमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले, संस्थाका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

संस्थाले साधारण सभा प्रयाेजनका लागि माघ २५ गते बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा काराेबार भएर कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १२ माघ २०७७, सोमबार १३:३०