ग्रीन लाईफकाे आइपिओ माघकाे तेस्राे हप्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

ग्रीन लाईफकाे आइपिओ माघकाे तेस्राे हप्ता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको तेस्रो सातादेखि साधारण शेयर निष्कासन गर्ने भएको छ ।

सो कम्पनीले १ अर्व ८० करोड भन्दा धेरैको शेयर निष्कासन गर्ने अुनमती मागेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरू तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरहरूमध्ये बिक्री नभएका १६ हजार ९६ हजार ४ सय कित्ता शेयर गरी जम्मा ३४ हजार ९६ हजार ४ सय कित्ता साधारण शेयर ९सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि समेत गरि० निष्कासन गर्न धितोपत्र बोर्डले माघ २ गते, शुक्रबार अनुमति प्रदान गरिसकेको छ ।

ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : ११ माघ २०७७, आइतबार ०६:५७ 24 January, 2021 6:57 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।