ग्लोबल आइएमई बैंकको लाभांश शेयरधनीको बैंक खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकको लाभांश शेयरधनीको बैंक खातामा



काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे पाैष २९ गते, बुधबार सम्पन्न भएकाे १४औं वार्षिक साधारण सभाले पारित गरेकाे बोनस तथा नगद लाभांशमा लाग्ने करसहित २ प्रतिशत नगद लाभांश पाैष १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । बैंककाे शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार १५:४२