चन्द्रागिरी हिल्सको आइपीओ काे बाँडफाँड, तपाइको हातमा कति कित्ता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चन्द्रागिरी हिल्सको आइपीओ काे बाँडफाँड, तपाइको हातमा कति कित्ता ?



काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आइपीओ) काे बाँडफाँड आज (माघ ९ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा सम्पन्न भएकाे छ ।

गोलाप्रथाका माध्यमबाट गरिएकाे बाँडफाँडमा १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने २ जनाले ११ कित्ता शेयर पाएका छन् । यता बाँकी १० लाख ७७ हजार जना भन्दा धेरै आवेदककाे हात खाली भएकाे छ । कम्पनीकाे आइपीओमा १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएकामा ५ हजार ८ सय ३८ जना आवेदकको आवेदन रद्ध भएको छ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ कराेड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरकाे १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियाे ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार १४:३७