सेयरधनी खातामा चिलिमेको नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयरधनी खातामा चिलिमेको नाफा



काठमाडाै । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा आफ्ना सेयरधनीहरुको हितग्राही खातामा धमाधम जम्मा गर्न थालेको छ ।


कम्पनीको पौष १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर (कर प्रयोजन सहित) आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पौष १६ गतेदेखि नै जम्मा गराउन थालेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकिकरण नगराएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित : 17 January, 2021 10:59 am