मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको बैंक खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको बैंक खातामा



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे पाैष २५ गते, शनिबार सम्पन्न भएकाे १४औं वार्षिक साधारण सभाले पारित गरेकाे बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ४.२५७४ प्रतिशत नगद लाभांश पाैष १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

बैंककाे शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित : 17 January, 2021 10:49 am