सिभिल बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सिभिल बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिभिल बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकको पुस २७ गतेको सञ्चालक समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ३३ लाख ८९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्नेछ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार १२:४० 12 January, 2021 12:40 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।