प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : २८ पुष २०७७, मंगलवार १२:१०