धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ लागु गर्न स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ लागु गर्न स्वीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । शेयर बजारमा भएको धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ लागु गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ।

धितोपत्र बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार र उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको बाेर्डले जानकारी दिएकाे हाेे ।

सिडिएसले आफ्नो विनियममा भएको हालको ‘टि प्लस थ्रि’ लाई ‘टि प्लस टु’ मा ल्याउनेका लागि बोर्डमा पेश गरेकोमा, बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको हो।

यस व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने बताईएको छ।

प्रकाशित : २४ पुस २०७७, शुक्रबार १५:४८ 8 January, 2021 3:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।