फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने



काठमाडाै । फरवार्ड माइक्रोफाइनान्सले कुल ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ४ लाख १५ हजार रहेको छ ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार ११:१७