ज्योति विकास बैंकले वार्षिक साधारण सभा बोलायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकले वार्षिक साधारण सभा बोलायो



काठमाडाै । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा माघ १४ गते, बुधबार, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभामा हाल कायम ५४.३५% संस्थापक हिस्सालाई घटाएर ५१% कायम रहने गरी बाँकी शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । बैंकले सभा मार्फत शेयर संरचना परिवर्तन गर्ने भएको छ।

प्रकाशित : २० पुष २०७७, सोमबार १२:०१