सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक



काठमाडाै । सिटिजन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्मको बोनस दर दिने भएको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा ३७ रुपैयाँ देखि ७० रुपैयाँ सम्मको बोनस दर निर्धाण गरेको छ ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ४४ रुपैयाँ देखि ५५ रुपैयाँ सम्म र वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा २५ रुपैयाँ देखि ३५ रुपैयाँ सम्म निर्धारण गरेको छ ।

त्यस्तै सिटिजन शुभारम्भ जीवन बीमा योजना (सावधिक) मा ३५ रुपैयाँ देखि ७० रुपैयाँ सम्मको बोनस दर निर्धारण गरेको छ । भने सावधिक जीवन बीमा योजनामा ३८ रुपैयाँ देखि ७३ रुपैयाँ सम्म निर्धारण गरेको छ ।

प्रकाशित : १९ पुष २०७७, आईतवार १७:५३