सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा इलामको पञ्चमी बजार र काठमाडौँको चोभारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा इलामको पञ्चमी बजार र काठमाडौँको चोभारमा



काठमाडौँ । सिटिजन्स बैंकल इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडौँ जिल्लाको चोभारमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । बुधबारबाट सेवा प्रारम्भ भएको उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमशः स्थानीय व्यवसायी राममाया सम्बाम्फ्mे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एवम् बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार २१:१९