राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन माग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन माग्यो



काठमाडाै । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन आह्वान गरेकाे छ । बैंकले बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जाकाे लागि आवेदन आह्वान गरेकाे हाे ।

पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले माघ १६ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा सञ्चालन भएको मिति सहितको सूची पेश गर्नुपर्नेछ ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार १३:०९