सेञ्ट्रल फाइनान्सले गर्यो १० प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्ट्रल फाइनान्सले गर्यो १० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं । सेञ्ट्रल फाइनान्स लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस १२ गतेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १२:०५