प्राइम कमर्शियल बैंकले १५ प्रतिशत बोनस सेयर पारित गर्न बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्शियल बैंकले १५ प्रतिशत बोनस सेयर पारित गर्न बोलायो साधारण सभा



काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, काठमाडाैँमा बिहान १० बजेदेखिभर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंक मर्ज भएको २ वर्षसम्म बोनसमा कर नलाग्ने हुँदा बैंकले नगद लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १२:१५