प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । प्रभु बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पुस ९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १० गतेदेखि बैंककाे बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे पाैष १ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १९औं वार्षिक साधारण सभा पाैष २६ गते, आइतबार, बैंककाे केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १२:०२