सेयर बजार पुरानै लयमा,लगानीकर्तामा उत्साह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजार पुरानै लयमा,लगानीकर्तामा उत्साह



काठमाडाै । सेयर बजार भारी अंकले बढेको छ भने १२ वटै उपसमूहहरुमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९५.४६ अंकले बढेर २०६१.४१ अंकमा पुगेको छ ।

नेप्से ४.८६ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १५.१८ अंकले बढेर ३९१.७४ अंकमा पुगेको छ ।


कुल २ सय ५ वटा कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा १२ वटै उपसमूहको सेयर बढेको छ ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार १५:२५