काठमाडौं । माछापुच्छ्रे बैंकले सर्वसाधारण समूहका शेयरधनीको तर्फबाट तीन जना सञ्चालकलाई निर्वाचित गरेको छ ।
कम्पनीको पुस २ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन जना सञ्चालक निर्वाचित भएका हुन् । सभाले जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम र र्सजना कार्की भट्टराईलाई निर्वाचित गरेको कम्पनीले जानकारी गराएको हो ।
Comment