एलआइसी नेपालले नयाँ जीवन बीमा योजना, यस्ता छन् बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एलआइसी नेपालले नयाँ जीवन बीमा योजना, यस्ता छन् बिशेषता



काठमाडौं । बीमा कम्पनीहरुको अग्रणी संस्था एलआइसी नेपालले नयाँ जीवन बीमा योजना संचालनमा ल्याएको छ ।

कम्पनीले न्यू जीवन तरङग नामक जीवन बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले बीमा समितिबाट स्वीकृति लिई यसअघिको जीवन तरंग बीमा योजनालाई थप समृद्ध गरी बजारमा ल्याएको जनाएको छ ।जीवनभरको लागि पेन्सन र रक्षावरण’ नाम दिइएको उक्त बीमा योजना बीमा अवधी समाप्त पश्चात समेत जोखिम बहन गर्ने ग्यारेन्टी गरिएको छ । बीमा गरेपछि ९९ वर्षसम्म पेन्सनको रुपमा रकम पाइने हुँदा एलआईसी नेपालको नयाँ बीमा योजना लोकप्रिय हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।


न्यू जीवन तरंग बीमा योजनाका विशेषताहरुः
–नयाँ बीमा योजना अन्तर्गत बीमितहरुले आफूले चाहेको अवधिभित्र बीमा शुल्क तिर्न सकिने (१० वर्ष,१५ वर्ष वा २० वर्ष) छ ।

–बीमा भुक्तानी अवधिभर बीमाङक रकम र संचिती बोनश सहितको जोखिम बहन ।

–बीमा शुल्क भुक्तानी अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र उक्त अवधिमा आर्जित बोनर्श कमुष्ठ प्रदान गरिनेछ ।
बीमा भुक्तानीको अवधि सकिएपछि बीमाङ्क रकम बराबरको निःशुल्क जोखिम बहन हुने ।

बीमाशुल्क भुक्तानी अवधिपछि बीमित जीवित रहेमा प्रत्येक बीमा वर्ष दिवशमा बीमाङको ५ दशमलव ५० प्रतिशत रकम सुनिश्चित जीवित लाभ(पेन्सन सरह) बीमितको उमेर ८८ वर्षसम्म हुँदासम्म प्रदान गरिनेछ । पेन्सन लिइरहेको समयमा बीमा समर्पण गर्न सकिने सुविधा समेत रहेको छ ।

बीमा अवधिमा ७५ लाखसम्मको थप दुर्घटना लाभ र स्थायी असक्तता लाभ उपलब्ध रहने जनाएको छ ।

प्रकाशित : ५ पुष २०७७, आईतवार १४:२६