मेगा बैंकको राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकको राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार



काठमाडाै । मेगा बैंक नेपाल लिमिटेडले राजधानीका तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित गान्धी आदर्श माध्यमिक विद्यालय नजिकै रहेको गान्धी मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७, गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिन देखि सञ्चालनमा आएका छन् ।


बैंकले हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रवाह गर्दैै आइरहेको छ ।

प्रकाशित : १ पुष २०७७, बुधबार १४:३१