एभरेष्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन एजेन्डा



एभरेष्ट बैंक ले पुस २७ गते सोमबार बैंकको २६ औँ वार्षिक साधारण सभाआह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर ३० गते मंगलबार सम्पन्न बैठकले लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे साधारण सभा डोकेको हो । कोरोना संक्रमण कारण भर्चुअल माध्यमबाट साधारण सभा बोलाइएको छ ।

सभाले सञ्चालक समितिबाट गत आवको नाफाबाट प्रस्तावित १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसअनुसार बैंकले चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि छ ।

वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि शेयर दाखिला खारेजी मिति तोकेको छ । यसअनुसार पुस ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १ पुष २०७७, बुधबार १४:२३